विद्यार्थीलाई पढाइसँगै पञ्चेबाजा बजाउन सिकाउदै

बागलुङ  नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।  कक्षा २ देखि १० सम्मका छात्र/ छात्रा  अध्ययनका अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्छन्।

विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा  बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियार विद्यार्थीलाई बाजा बजाउन सिकाउँछन्।

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याम्को बजाउछन्।

कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछिन् भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन्। कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार (ख)ले दमाहा बजाउने बझाउँछन्।

उनीहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर  जानकारी दिए। पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ ।

 

SHARE