तामाङ भाषाको ‘कोन्लम छेवर’ युट्यूबबाट सार्वजनिक

छेवर संस्कार समेटिएको तामाङ भाषाको गीत ‘कोन्लम छेवर’गीत युट्यूबबाट सार्वजनिक भएको छ । शनिबार तामाङ टिभी युट्यूब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतको शब्द ढकबहादुर घिसिङले रचना गरेका हुन् भने सङ्गीत प्रेम लोप्चनले भरेका हुन् । पवन वङ लामाले एरेन्ज गरेको गीत अर्पण स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियो दिपक गिरीले खिचेका छन् । भिडियोमा प्रेम लोप्चन, सोम लामा, सुवास मोक्तान, सागर लोप्चन तामाङ तथा सोनिका बम्जनलगायतले अभिनय गरेका छन् ।

SHARE