सरकार भ्रष्ट्रचारीलाई संरक्षण गर्नमा केन्द्रित भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्ट्रचारीहरूको संरक्षणमा केन्द्रित रहेको बताएका छन् । बुधबार बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारको सय दिन भ्रष्ट्रचारीलाई संरक्षण गर्नमा केन्द्रित भएको टिप्पणी गरेका हुन्।

‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौँ, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ,’अध्यक्ष प्रचण्डले भने ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन्।’

उद्योगहरुको बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्ट्रचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले बताए।

SHARE