रात्रीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ घाइते

गएराति डडेल्धुरामा रात्रीबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेका छन्।

कोको घाइते छन् ?
१. नवराज साउँद (२४) – पुर्चौंडी नगरपालिका–७
२. राजेन्द्र साउँद (२४) – पुर्चौंडी नगरपालिका–६
३. वर्षीय दिनेश साउँद (२५) – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४
४. मुकुन्द बोहरा (२१) – डडेल्धुराको आलिताल गाउँपालिका–१
५. विमला महता (३४) – दार्चुलाको मार्मा गाउँपालिका–५
६. धनमती साउँद (६५) – कृष्णपुर नगरपालिका–५
७. पदमबहादुर बोहरा (४२) – पुर्चौंडी–८
८. वीरेन्द्र बोहरा (२४, चालक) – पुर्चौंडी–८
९.नवराज रतौकी (२८) – पुर्चौंडी–७
१०. सुरेन्द्र रतौकी (२०) – पुर्चौंडी–७
११. दामोदर महरा –पुर्चौंडी–१०
१२. धनबहादुर महरा – पुर्चौंडी–१०

यसैबीच बस चालक वीरेन्द्र बोहरा गम्भीर रहेका छन् । उनको थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

SHARE