नेपाली सेनामा समाचार सम्पादक/वाचक पदका लागि आवेदन खुलेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले समाचार सम्पादक/वाचक सहित विभिन्न २४ प्राविधिक पदका लागि आवेदन आह्वान गरेको हो ।
सूचनाअनुसार समाचार सम्पादक/वाचक (प्राविधिक उपसेनानी)मा दुई जना माग गरिएको छ । खुल्लातर्फ एक जना र दलितमा एक जना माग गरिएको छ ।
कसले दिन पाउँछ आवेदन ?
पत्रकारिता मूल विषय बनाई स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदन दिने बेला १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्ने छ । साथै पुरुषको हकमा ५ फिट ३ इन्च उचाई र महिलाको हकमा ५ फिट उचाई हुनुपर्नेछ ।
यसैगरी चिकित्सक, लाइब्रेरियन, कम्प्युटर इन्जिनियरलगायतका पदमा पनि आवेदन आह्वान गरिएको छ ।
आवेदन मंसिर २९ गतेसम्म दिन सकिनेछ ।