उपनिर्वाचन : अब ५ स्थानको मात्रै नतिजा आउन बाँकी, कुन पार्टीले कति जिते ?

स्थानीय तहका रिक्त रहेका पदमा हिजो भएको उपनिर्वाचनका अधिकांश स्थानको नतिजा आएको छ । आज बिहान 11 बजेसम्म निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्वाचन भएका ४१ पदमध्ये ३६ स्थानको नतिजा प्राप्त भइसकेको छ । अब ५ स्थानको मात्रै नतिाज आउन बाँकी छ।

जसमा वडाअध्यक्षतर्फ नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको छ । नेकपा एमालेले ६ र नेकपा माओवादी केन्द्रले ५ वडाअध्यक्षमा जित निकालेको छ । जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले १, नेमकिपा १ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवारले १ स्थानमा वडाअधयक्ष जितेका छन् ।

जम्मा गरी ३३ वडाअध्यक्षको नतिजा आएको छ ।

अन्य पदमा माओवादी केन्द्रले मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको छ।

एमालेले दैलेख महाबु गाउँपालिका अध्यक्ष पद आफ्नो पोल्टामा पारेको छ । त्यसैगरी एमालेले बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा पनि जित हात पारेको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३ र ४ वडाअध्यक्षको मात्रै नतिजा आउन बाँकी रहेको छ ।

हेरौँ कहाँ कसले जित्यो ?

१.कालिकोटको तिलागुफा नगरपालिका-४ को वडा अध्यक्षमा नेमकिपाका खड्ग राज शाही वियजी भएका छन् ।

२.दार्चुलाको दुहु गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेवार विजयी

३.रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेवार विजयी

४.रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्री विजयी।

५.जाजरकोटको कुशे गाउँपालिका–७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह १५ मतले विजयी

६.डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदको उप-निर्वाचनमा नेपाली कांग्रेसका मोहन थापा

७.दैलेखको दुल्लु नगरपालिका वडा नं.१३ मा एमालेका लाल बहादुर शाही ३ मतले विजयी

८.गोरखा नगरपालिका-५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेवार विजयी।

९.ओखलढुंगा मोलुङ गाउँपालिका वडा नं ५ को अध्यक्षमा एमालेका गंगा वहादुर तामाङ विजयी ।

१०.झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली वियजी

११.गुल्मीको मुसिकोट नगरपालिका– १ वडाध्यक्षमा कांग्रेस आनन्द श्रेष्ठ

१२.ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका वडा नं ३ मा एमाले उम्मेदवार विजयी।

१३.धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट विजयी

१४.सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा जसपाका देवेन्द्र प्रसाद यादव विजयी ।

१५.रौतहटको राजपुर नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेस

१६.सुनसरीको गढी गाउँपालिका-६ मा कांग्रेस

१७.नुवाकोट ककनी -२ माओवादी विजयी

१८.तेह्रथुम लालीगुराँस नगरपालिका-८ नेपाली कांग्रसका नगेन्द्र लिम्बू विजयी।

१९. महोत्तरी रामगोपालपुर नगरपालिका-२ मा एमालेका सकिवुल खाँ विजयी भएका छन् ।

२०. रौतहट ईशनाथ नगरपालिका-७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी ।

२१.बर्दिया ठाकुरबाबा नगरपालिका-४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु विजयी ।

२२.कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी।

२३.उदयपुर त्रियुगा नगरपालिका-१२ मा माओवादी केन्द्रका नविन कुमार वान्तवा राई विजयी।

२४.कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका मोहमद ताहिर मुसलमान विजयी।

२५.सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ मा जसपाका धिरेन्द्र कुमार साह विजयी ।

२६.रौतहट गढीमाई नगरपालिका-८ नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी ।

२७.मकवानपुर हेटौडा उपमहानगरपालिका–१२ मा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी ।

२८.दैलेख महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंग बहादुर शाही विजयी ।

२९.बझाङ सूर्मा गाउँपालिका-४ मा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी।

३०.मोरङ ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमो नारायण माझी विजयी।

३१.जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छिन्।

३२.काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छिन्।

३३.बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्‍डारी वियजी भएकी छिन्।

३४.त्रिपुरा सुन्दरी नगरपालिका-डोल्पामा माओवादीका नरबहादुर झाक्री विजयी।

३५.काठमाडौं कीर्तिपुर नगरपालिका–१ मा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी ।

३६.कीर्तिपुर नगरपालिका–४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी ।

नतिजा आउन बाँकी

उदयपुर बेलका नगरपालिका-९

दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष

कीर्तिपुर नगरपालिका प्रमुख

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष

हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्ष

SHARE