गायक आस्मान लोप्चन र रोस्ना लुङ्बाको स्वरमा “हम्मैसरि खैलाला” गीत सार्वजनिक

गायक आस्मान लोप्चन र रोस्ना लुङ्बाको स्वरमा “हम्मैसरि खैलाला” गीत युट्यूबबाट सार्वजनिक भएको छ ।शुक्रबार क्लिक नेपाल युट्यूब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतको शब्द आस्मान लोप्चनले रचना गरेका हुन् भने सङ्गीत आस्मान लोप्चनले नै भरेका हुन् । जोगलाल लामाले एरेन्ज गरेको गीतमा , मिक्सिङ अर्पण थिङको रहेको छ ।

गीतको भिडियो  निशल पौडेलले खिचेका छन् । बिकास दहालले सम्पादन गरेका हुन्  भिडियोमा आस्मान लोप्चन, गायिका लुङ्बा, प्रीया मोक्तान, सञ्जिला लामा, सोनि लामा, विशाल लामा, समीर तामाङलाई फिचरिङ गरेको छ । त्यस्तै भिडियोलाई रोमाञ्चक र थप आकर्षक बनाउन चर्चित हाँस्यकलाकार कुइसाङ रुम्बा र अनिता नोगिले अभिनय गरेका छन् ।

SHARE