दक्षिण कोरियामा हालसम्मकै ठुलो डढेलो, २६ जनाको मृत्यु

दक्षिण कोरियामा हालसम्मकै सबभन्दा ठुलो डढेलो लागेको छ । डढेलोमा परी २६ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

समाचारका अनुसार ३० जना घाइते छन् । तीमध्ये ८ जनाको अवस्था चिन्ताजनक छ ।

मृतकहरू अधिकांश ६० देखि ७० वर्ष उमेरका छन् ।

२१ मार्चमा दक्षिण–पूर्वी क्षेत्रबाट सुरु भएको डढेलो अहिले विभिन्न स्थानमा फैलिइसकेको छ । डढेलो फैलिएसँगै २३ हजार बढी मानिसलाई सुरक्षित स्थानतिर सारिएको छ ।

डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रकका साथै पाँच हजार सैनिक परिचान गरिएको छ ।

डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा भएको समाचारमा बताइएको छ ।

SHARE