नेपालले यु १९ महिला टी २० विश्वकपमा आज डेब्यू खेल खेल्दैछ । मलेसियामा हुने खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्दै विश्वकप यात्रा सुरुवात गर्न लागेको हो ।
नेपालले बंगलादेशसँगको पहिलो खेल दिउँसो १२ः१५ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी–यूकेएम क्रिकेट ओभलमा खेल्दैछ।
विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ। दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन्।
नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ ।