बिनायक तामाङको निर्देशनमा “छुट्न गाह्रो” सार्वजनिक

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत “छुट्न गाह्रो” सार्वजनिक गरिएको छ। गीतका शब्द तथा संगीत गुरु भोटियाको रहेको छ भने एरेञ्ज पुष्कर सुनुवारले गरेका छन्। अडियो प्रायोजन अनिल कासाजुले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा बिनायक तामाङ र सुशिला तामाङको सशक्त अभिनय देख्न सकिन्छ। छांयाकन, सम्पादन तथा रङ संयोजन सान्चु थोकरले गरेका छन्।

भिडियोको निर्देशन बिनायक तामाङले गरेका हुन्। क्यामेरा सहायकमा सन्तोष केसी, लाइट व्यवस्थापनमा मनोज थापा र प्रोडक्सन म्यानेजरमा दिपेश लामा रहेका छन्।

विछोडको पीडा, प्रेम र स्मृतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको “छुट्न गाह्रो” ले दर्शक श्रोतामाझ राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

SHARE