लेवान्दोस्कीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सानदार जित हात पारेको छ । रोबर्ट लेवान्दोस्की ह्याट्रिकको मद्दतमा बार्सिलोनाले आलाभेजलाई ३–० ले पराजित गर्न सफल भयो ।

आलाभेजको मैदानमा भएको खेलमा बार्सिलोना एकपक्षीय रुपमा हाबी देखियो । खेलमा तीनै गोल पहिलो हापमा भयो । लेवान्दोस्कीले ७औँ, २२औ र ३२औँ मिनेटमा गोल गरेका हुन् ।

पहिला २ गोलमा ब्राजिलियन खेलाडी राफिन्हाको असिस्ट रह्यो भने तेस्रो गोलका लागि गार्सियाले पास उपलब्ध गराएका हुन्।

यो जितपछि बार्सिलोना ८ खेलबाट २१ अंग जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम छ । समान खेल खेलेको रियल मड्रिड १८ अंकका साथ दोस्रो स्थानमा छ ।

SHARE