नगरकोट पिकनिक खान गएका विद्यार्थी चढेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंदेखि नगरकोट पिकनिक खान गएका विद्यार्थी चढेको बस दुर्घटना हुँदा अरू ४० जना घाइते भएका छन् ।

पिकनिक खाएर काठमाडौं फर्किने क्रममा शंखरापुर नगरपालिका–५ मा बस दुर्घटनामा परेको हो ।

प्रहरी परिसर काठमाडौंका अनुसार दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।

चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट खसेको थियो । घाइतेमध्ये २० जनाको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पतालमा, ११ जनाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

SHARE