आजबाट अन्तरराष्ट्रिय महिला फुटबल हुँदै, नेपालको पहिलो खेल कीर्गिस्तानसँग

आजबाट राजधानीमा अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् ।

नेपालले आज आफ्नो पहिलो खेल कीर्गिस्तानसँग साँझ ६ बजे खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच उद्घाटन खेल हुनेछ ।

प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

नेपाली टोली

गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई

मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ

फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

SHARE