थुलुङ दूधकोशी गाउँपालिकामा प्रज्ञा प्रतिष्ठान गठन

सुबास संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दूधकोशी प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ ।

सोमबार पालिका अध्यक्ष असिम राइको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सुबास संगम राईको संयोजकत्वमा समिति गठन गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

थुलुङ दूधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधी २०८१ अनुसार पालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

थुलुङ दूधकोशी गाउँपालिका प्रज्ञा प्रतिष्ठान गठन गर्ने जिल्लाकै पहिलो पालिका हो । कार्यपालिका बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको बताईएको छ ।

SHARE