ज्ञानेन्द्र शाहलाई बालेनको जरिवाना, महानगरले पत्र भोलि निर्मल निवास पुर्‍याउने

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ । महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो ।

उक्त जरिवाना पत्र लिएर महानगर भोलि (आइतबार) निर्मल निवासमै जाने बताइएको छ ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार, भोलि कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइनेछ ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । तनाव भएपछि कर्फ्यूसमेत लगाइएको थियो ।

SHARE