जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनद्वारा पार्बती भट्टाराईलाई आर्थिक सहयोग

काठमान्डौं ।  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

बिरामीको खुट्टामा  समस्या देखिएको  हुदा अपरेसन गरी खुट्टा काटेर फालिएकी दोलखा जिरी -३ सेवा निबासी पार्बती भट्टाराईलाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले १० हजार आर्थिक सहयोग गरेको छ ।

पार्बती भट्टाराई हाल काठमान्डौं टिचिङ अस्पतालमा उपचार गराई रहेको  बताएका छन् ।

भट्टाराईको उपचार गदैजाँदा आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  नेकपा माओबादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाले  बताए ।

जिरीबाट काठमान्डौं आएर समस्यामा परेका बिरामीहरुलाई आर्थिक सहयोग गदै आईरहेको जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले जनाएको छ ।

SHARE