मेलिना राई र प्रसाद खप्तरीको आवाजमा आयो ‘ज्याग्दी खोले म्याग्दी खोले’

मेलिना राई र प्रसाद खप्तरी मगरको आवाजमा ‘पञ्चेबाजा गीत’ आएको छ । नीर आले मगर युट्यूब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो ।

रमेश बिजीले गीत लेखेका हुन् भने उनैले सङ्गीतसमेत भरेका हुन् । गीतको एरेन्ज डोलराज बारघरेले गरेका हुन् । मारुनी डिजिटल स्टुडियो रेकर्ड गरिएको गीत सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन् । गीतको मिक्सिङ कुमार रानाले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा नीर आले र गीता पुन आलेले अभिनय गरेका छन् । राजकुमार मगरले निर्देशन गरेको भिडियोको सिनेमाटोग्राफर प्रकाश खड्का हुन् ।

SHARE