प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्।
मंगलबार दिउँसो उनी प्रधानमन्त्री पाएटोंगटार्न शिनावात्राको निमन्त्रणामा औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।
कुटनीतिक सम्बन्ध कायम गरिएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओली बैंककमा हुने छैटौं शिखर सम्मेलनमा भाग लिनेछन्।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।










