सरकारले म्यान्मारका भूकम्प पीडितलाई औषधिलगायतका राहत सामग्री प्रदान गर्ने र उद्दारका लागि सेना पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले नेपाली सेनालाई भूकम्पमा परेका म्यान्मारका जनताको उद्दारका लागि पठाउने निर्णय गरेसँगै सेनाले तयारी थालेको छ ।
नेपालीको सेनाको चिकित्सक टोली त्यसतर्फ जाने तयारी गरेको हो ।
म्यान्मारमा शुक्रबार ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म २,७१९ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै ४,५२१ जना घाइते भएको तथा ४४० जना अझै हराइरहेको बताइएको छ ।










