एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम प्रशारणमा लगाए रोक

काठमाडौं । एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम प्रशारणमा रोक लगाएको छ ।

उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईंलाई अतिथि बनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलोपटक यस्तो भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।”

 

SHARE