सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले आफ्ना कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार आर्थिक वर्ष (आव) २०८१/०८२ को दोस्रो चौमासिक विवरणको सार्वजनिक सुनुवाइ गर्दै कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
२०८१ मंसिरदेखि फागुन महिनासम्म पालिकाले सम्पन्न गरेका कार्यक्रमहरूको विवरण सार्वजनिक गरिएको हो । सो अवधिमा पालिकामा १६ वटा विभिन्न किसिमका व्यवसाय दर्ता गरिएको छ । त्यस्तै ५० वटा व्यवसायको नवीकरण गरिएको छ भने ५ वटा व्यवसाय खारेज गरिएको छ ।
पलिकाको स्वास्थ्य संस्थाबाट १०९९४ सेवाग्राही स्वास्थ्य सेवा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ । ३४ जना गर्भवती गर्भ जाँच गरिएकामा दुई जना २० वर्ष मुनिका रहेका छन् । साथै २३ जना पालिकाका बर्थिङ सेन्टरमा सुत्केरी हुन सफल भएका छन् ।
यसैगरी कृषकहरूलाई तालिम दिएर प्रत्यक्ष रूपमा ३१ ज्ना लाभान्वित भएको जनाइएको छ । तालिम प्राप्त गरेपछि हाल वडा नं. १ र ७ का कृषकले मौरीपालन गरिरहेको प्रगति विवरणमा भनिएको छ ।
हेर्नुहोस् पूर्ण विवरण: