नेपाली फिल्म ‘जारी २’को औपचारिक घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा सामाजिक संञ्जाल मार्फत पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्माको शीर्ष भूमिका हुनेछ । साथै यसमा बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको पनि अभिनय हुनेछ ।