दक्षिण कोरियाका राष्ट्रपति आफ्नै निवासबाट पक्राउ

महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक यिल आफ्नो निवासबाट पक्राउ परेका छन् । बुधबार उनलाई एन्टी करुप्सन अनुसन्धानकर्ताले पक्राउ गरेका हन् ।

उनी आफ्ना सुरक्षाकर्मी र समर्थकको प्रतिरोधका बाबजुद पक्राउ परेका हुन् । पक्राउ पर्नुअघि उनको निवास वरपर ३००० प्रहरी परिचालन गरिएको बताइएको छ ।

उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बीबीसीले समाचार लेखेको छ । उनलाई अब भष्ट्राचार अनुसन्धान कार्यालय (सीआईओ) मा भष्ट्राचारबारे प्रश्न गरिनेछ । यद्यपि उनले आफूले भ्रष्ट्राचार नगरेको बताउँदै आएका छन् ।

राष्ट्रपति युनलाई जनवरीको सुरुवातमै पक्राउ गर्न खोजिएको थियो ।

उनलाई महाअभियोगबाट हटाउने कि नहटाउने भन्ने निर्णय गर्न हिजो संसदमा छलफल सुरु भएको थियो । तर उनी अनुपस्थित भएपछि संसद बैठक ४ मिनेटमै स्थगित गरिएको थियो ।

राष्ट्रपति युनविरुद्ध डिसेम्बर १४ मै महाअभियोग प्रस्ताव संसदमा पास भएको थियो ।

SHARE