राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुनमा हुने : महाधिवेशन स्थान भने तोक्न बाँकी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुनमा हुने भएको छ। प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले बताइन्।

बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ।

अध्यक्ष रीता थापा मगरका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत  बताइन्। साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय समेत भएको छ।

महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ। महाधिवेशन स्थान भने तोक्न बाँकी छ।

यसअघिको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन्।

प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन्।

 

SHARE