लगातार घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार पुनः रु. ७०० ले घटेर प्रतितोला रु. २,३६,३०० पुगेको छ। मंगलबारसम्म प्रतितोला रु. २,३७,००० मा कारोबार भइरहेको थियो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघ का अनुसार मूल्यमा आएको गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३,९५८ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
सुन घटेको विपरीत चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदी तोलामा रु. ४५ ले बढेर रु. २,९६५ पुगेको छ, जुन मंगलबारको रु. २,९२० भन्दा उच्च हो।










