बैतडीको सिगास गाउँपालिकालाई काठमाण्डौँ महानगरले एम्बुलेन्स उपलब्ध गराउने

बैतडीको सिगास गाउँपालिकालाई काठमाण्डौँ महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । काठमाण्डौँ महानगरपालिकाले एक सूचना जारी गर्दै सिगास गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।

महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनौट भएकाले काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

सिगास गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा देशका दुर्गम पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरका थियो ।

 

SHARE