काठमाडौं । फागुन ९ गते शनिबार बिहान ११ बजे अनुपम फुड्ल्याण्डमा नेपाल कम्युनिष्ट आन्दोलनका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा विशेष सम्बोधन हुने चुनावी सन्देश सभा आयोजना गरिने भएको छ।
दोलखाबाट आएर काठमाडौंमा बसोबास तथा अध्ययन–रोजगारीका सिलसिलामा रहनुहुने सम्पूर्ण दोलखाली बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरुलाई उक्त सभामा उपस्थित भई आफ्नो ऐक्यबद्धता जनाउन आयोजक पक्षले हार्दिक आह्वान गरेको छ।
आयोजकका अनुसार, आसन्न निर्वाचनको सन्दर्भमा दोलखाको विकास, राजनीतिक दिशा र समसामयिक राष्ट्रिय मुद्दाबारे प्रष्ट धारणा राख्न तथा संगठनात्मक एकता सुदृढ गर्न सभा केन्द्रित रहनेछ। कार्यक्रममा दोलखाबाट प्रतिनिधित्व गर्ने नेताहरु, काठमाडौंस्थित दोलखा सम्पर्क समन्वय समिति तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहने छ।
विशेषगरी दोलखाको समग्र विकास, रोजगारी सृजना, पर्यटन प्रवर्द्धन, पूर्वाधार विस्तार तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका सवालमा पार्टीको दृष्टिकोण सार्वजनिक गरिने जनाइएको छ।
दोलखा घर भई हाल काठमाडौंमा रहनुहुने सम्पूर्ण नागरिकलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।









