प्रहरीले खोस्यो मेयर हर्क साम्पाङको गाग्री (तस्बिर)

खाली गाग्री लिएर सिंहदरबार छिर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ ।

मङ्गलबार बिहान सिंहदरबारतर्फ बढेको साम्पाङलाई प्रहरीले अनामनगरस्थित हनुमानस्थानमै रोकेर गाग्री खोसेको छ । उनी गाग्रीविनै खानेपानी मन्त्रालय पुगेका छन् ।

उनी धरानका लागि पानी माग्दै सोमबार काठमाडौं आएका थिए ।


(साभार : नेपालभ्यूज डटकम)

 

SHARE