दोलखा (जिरी) वाइसीएल नेपाल जिरीले ´सफा जिरी अभियान` घोषणा गरेको छ ।
हाम्रो फोहोर , हामी सफा गर्छौ भन्ने मुख्य नाराका साथ जिल्लाको जिरी नगरपालिकामा वाइसीएल नेपाल जिरीद्वारा ´सफा जिरी अभियान` घोषणा गरिएको हो ।
क्लिन जिरी , ग्रीन जिरी र अर्गानिक जिरीलाई सार्थकता दिन वाइसीएल नेपाल जिरीले आजबाट ´सफा जिरी अभियान` घोषणा गरिएको वाइसीएल नेपाल जिरीका अध्यक्ष नबिन सुनुवारले बताए ।
उहाँले मानो रोपेर मुरी फलाउने यो कृषकहरुको निकै महत्त्वपूर्ण समयमा पनि सरसफाइ अभियानमा जुट्नुहुने सम्पुर्ण महानुभाबहरुप्रती धन्यवाद ज्ञापन गर्दै , समृद्ध जिरी निर्माणकार्यमा वाइसीएल नेपाल जिरी अग्रसर रुपमा अघि बढ्ने समेत प्रतिबद्धताका व्यक्त गरेका छन ।
बर्खायाम सुरु भएको र बाढी पहिरो जस्ता जोखिम बढेसगै आपतकालीन अबस्थामा ´जहाँ समस्या , त्यहाँ वाइसीएल` भन्ने नाराकासाथ जिल्लाभर वाइसीएल टिम परिचालन गरिने वाइसीएल नेपाल जिरीका निबर्तमान अध्यक्ष करण खत्रीले बताए ।
आज सफा जिरी अभियानको पहिलो दिन जिरी नगरपालिका स्थित हाटडाँडा बजारबाट लिन्कन बजारको पहिलो पुलसम्म सरसफाइ गरिएको थियो ।
आगामिदिनहरुमा पनि जिरी नगरपालिका भित्रका सबै ठाउँहरुमा ´सफा जिरी अभियान` लाई तिब्रताका साथ अघि बढाइने वाइसीएल नेपाल जिरीले जनाएको छ ।