नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ ले प्रचार–प्रसारलाई प्रदेशगत संरचनामा अघि बढाएको छ। निर्देशक भीम लामाका अनुसार बागमती प्रदेश र काठमाडौं उपत्यकाको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरमा रघुनाथ सापकोटा, बागमती प्रदेश मिडिया संयोजकमा हिरोज लोप्चन र काठमाडौं उपत्यकामा सागर सुब्बा तोकिएका छन्।
कोशी प्रदेशमा सुवास संकल्प मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनर र मनोज दाहाल मिडिया संयोजक रहनेछन् भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रामचन्द्र पौडेल मिडिया संयोजक हुनेछन्।
भीम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रशान्त तामाङ र जेनी तामाङ मुख्य भूमिकामा छन्। करिश्मा मानन्धर, धिरेन शाक्य, प्रेम सुब्बालगायतका कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ। चलचित्रमा नृत्य निर्देशन मीनकुमार लिम्बु र सानुराजा लिम्बुले गरेका छन् भने एक्सन निर्देशन देव महर्जनले गरेका छन्।
निर्देशक लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ निर्माता रहेको ‘लडाइँ पहिचानको’ आउँदो मङ्सिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।