नेकपा जिरीको निर्वाचन परिचालन कमिटी गठन, तेजबहादुर गोले कमाण्डर

जिरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिरी नगर कमिटीले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कमिटीको इन्चार्जमा नविन जिरेल चयन भएका छन् भने कमाण्डरको जिम्मेवारी तेजबहादुर गोलेलाई तोकिएको छ।

कमिटीका सह-संयोजकहरूमा महोनकुमार खड्का, कर्म शेर्पा, साङ्गे शेर्पा, दोर्जे शेर्पा र लालबहादुर जिरेल रहेका छन्। वडा कमिटी संयोजकहरूमा जिरी-१ मा दिपेन्द्र बुढाथोकी ,जिरी-२ मा निमपल्दे शेर्पा, जिरी–५ मा दोर्जी शेर्पा, जिरी–६ मा डातेम्बा शेर्पा, जिरी–७ मा शान्त नेपाली, जिरी–८ मा तेम्बा शेर्पा र जिरी–९ मा केशबहादुर तामाङ चयन भएका छन्।

युवा परिचालनतर्फ संयोजकमा करण खत्री र सह–संयोजकमा संजय कार्की तथा राम तामाङ रहेका छन्। प्रचार–प्रसार समितिको संयोजकमा हिरोज लोप्चन र सह–संयोजकमा कर्म गेछु शेर्पा, सरोज कार्की र दोर्जी चयन भएका छन्।

त्यस्तै, महिला परिचालन समितिको संयोजकमा सुन्तली खड्का र सह–संयोजकमा शुसा जिरेल, रामकुमारी जिरेल तथा शान्ति कार्की रहेका छन्। जेन्जि संयोजकको जिम्मेवारी गोविन्दा खत्रीलाई दिइएको छ।

कमिटी गठनसँगै जिरी नगर क्षेत्रमा संगठन सुदृढ गर्दै जनतामुखी निर्वाचन अभियान सञ्चालन गर्ने नेकपा जिरी नगर कमिटीले जनाएको छ।

SHARE