काठमाडौँ । सोमबारको जेन-जी प्रदर्शनमा घाइते भएकामध्ये ३४७ जनाको ११ वटा अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी सिभिल अस्पतालमा १०० जना उपचाररत छन्, जहाँ ३ जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरमा ५९ जना उपचारमा रहँदा ८ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी, एभरेस्ट अस्पतालमा १०२ जना उपचाररत छन्, जसमा ३ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर छन्। वीरमा ६ जना, पाटनमा ४ जना, केएमसीमा ३७ जना (६ जनाको शल्यक्रिया आवश्यक), त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३ जना घाइतेको उपचार भइरहेको छ।
काठमाडौँ बाहिर पोखरा, झापा र विराटनगरका अस्पतालमा पनि घाइतेहरू उपचाररत छन्।