काठमाडौं । जेन-जी आन्दोलनको क्रममा मंगलबार राजधानी काठमाडौंमा विभिन्न शीर्ष नेताहरूको निवासमा तोडफोड भएको छ।
बुढानिलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास र उर्जा मन्त्री दीपक खड्काको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
यस्तै, पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतका नेताहरूको घरमा पनि आक्रमण गरिएको छ।
आन्दोलन चर्किँदै गएपछि सुरक्षाकर्मीहरूलाई कडा निगरानी गर्न परिचालन गरिएको छ। राजधानीका संवेदनशील क्षेत्र र नेताहरूको आवास वरिपरि सुरक्षा घेराबन्दी बढाइएको छ।