काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। अन्य प्रदेशहरूमा भने खुला र सुखद मौसम रहने अनुमान गरिएको छ।
मंगलबार राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। सामान्यतया देशभर स्थिर मौसमी अवस्था रहने भएकाले हवाई तथा स्थल यातायातमा कुनै बाधा नपर्ने बताइएको छ।










