प्रदीप खड्का अभिनीत ‘प्रकाश’ अब युट्युबमा

दिनेश राउत निर्देशित र प्रदीप खड्का अभिनीत चर्चित फिल्म ‘प्रकाश’ अब युट्युबमा हेर्न सकिन्छ। तिहारको अवसरमा बिहीबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस फिल्मले पुनः दर्शकको ध्यान तानेको छ।

सुदूरपश्चिमको जुम्लामा छायांकन गरिएको ‘प्रकाश’ले दुर्गम गाउँका एक युवाको शिक्षक बन्ने सपनाको संघर्ष मार्मिक रूपमा प्रस्तुत गर्छ। कथावस्तु यथार्थपरक र सामाजिक सन्देशले भरिएको भएकाले फिल्म हलमा रिलिज हुँदा नै समीक्षक र दर्शक दुवाबाट प्रशंसा पाएको थियो।

फिल्ममा प्रदीप खड्कासँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार र राजन खतिवडाको सशक्त अभिनय देख्न सकिन्छ। कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माणमा महेन्द्र अधिकारीको लगानी रहेको छ।

सुन्दर दृश्य, मौलिक संवाद र मन छुने कथा प्रस्तुत गरेको ‘प्रकाश’ युट्युबमा रिलिज भएपछि पुनः देश–विदेशका दर्शकबीच चर्चा कमाइरहेको छ।

SHARE