केकी अधिकारीको निर्माण फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म वैशाख १४ गतेदेखि हलमा रिलिज हुने भएको छ ।

अधिकारीकै होम प्रोडक्सनमा बनेको यो फिल्ममा उनकै शीर्ष भूमिका छ । यसअघि मञ्चन भइसकेको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण भएको हो । नाटककै लेखक तथा निर्देशक सुलक्षण भारतीले यो कथानक फिल्मलाई निर्देशन गरेका हुन् ।

फिल्ममा केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बाँस्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले गर्ने शोषणको वरिपरि रहेर फिल्मको निर्माण भएको हो ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने उनको योजना छ ।

 

SHARE