तिहारपछि दुई दिनमै सुन तोलामा १३ हजार ६ सय रूपैयाँले सस्तो

तिहारपछि स्थानीय बजारमा सुनको मूल्य लगातार घटेको छ। आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँ र सोमबार थप दुई हजारले घटेपछि सुन प्रतितोला दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

असोज ३१ गते सुन प्रतितोला दुई लाख ५८ हजार रूपैयाँ पुगेर ऐतिहासिक उच्च स्तरमा पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि गत मंगलबार प्रतिऔंस चार हजार ८२ डलरसम्म झरेको सुनको मूल्य १२ वर्षयताकै ठूलो गिरावट मानिएको छ।

गोल्डम्यान सान्चले सन् २०२५ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस चार हजार डलरमा स्थिर रहन सक्ने अनुमान गरेको छ।

SHARE