एनआईसी एशिया बैंकका नयाँ सिइओ सुजित कुमार शाक्यले सम्हाले जिम्मेवारी

काठमाडौं। एनआईसी एशिया बैंकका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित कुमार शाक्यले बिहीबार (कात्तिक १७ गते) बाट औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। बैंकको सञ्चालक समितिको ७३६औं बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शाक्यले एनआईसी एशियामा नियुक्त हुनु अघि नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए। झन्डै तीन दशकको बैंकिङ अनुभव भएका शाक्यले आफ्नो करिअर सन् १९९६ मा नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट सुरु गरेका हुन्।

उनीले हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एसिया नेपाल, सिभिल बैंक, जनता बैंक र ग्लोबल आइएमई बैंकमा पनि नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्।

शाक्यले दिल्ली विश्वविद्यालयबाट वाणिज्यमा स्नातक र लखनऊस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्टबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। बैंकिङ क्षेत्रका अनुभवी प्राविधिक तथा रणनीतिक नेतृत्वका रूपमा शाक्यबाट संस्थाको सेवा गुणस्तर र नवप्रवर्तनमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ।

SHARE