काठमाडौं । गायक विश्व दोङ र गायिका सुमिना लोको स्वर रहेको नयाँ गीत ‘गोधुली साँझैमा’ सार्वजनिक गरिएको छ। गीतमा कुमार स्याङ्बाको शब्द, जोगलाल लामाको संगीत तथा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ।
गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। प्रेम, भावना र सांगीतिक मिठासलाई समेटिएको छ।
गीतको भिडियोमा अभि लामा, अनिता गोले, छिरिङ लामा र पासाङ डोमा पाख्रिनको अभिनय रहेको छ। भिडियोको निर्देशन अभि लामाले गरेका छन् भने छायांकन जेनिश तामाङले गरेका हुन्।
सूर्य लामाले डिओपी, सम्पादन तथा कलर ग्रेडिङको जिम्मेवारी सम्हालेका छन्। भिडियोको कोरियोग्राफी विकास आर्याल र सरोज कुँवरले गरेका छन्। फ्रेन्डसिप डान्स सेन्टरका कलाकारहरूको समेत सहभागिता रहेको भिडियोमा मेकअप आर्टिस्टका रूपमा रबिना लिम्बु र पोसाक व्यवस्थापन वेलकम बुटिकले गरेको छ।
आनभी प्रोडक्सनको पोस्ट–प्रोडक्सन रहेको ‘गोधुली साँझैमा’ गीत तथा भिडियो हाल विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।









