ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की भारी मतान्तरसहित निर्वाचित

ललितपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तोसिमा कार्की निर्वाचित भएकी छन्।

कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ मत पाएका छन्।

यससँगै कार्कीले करिब ३४ हजार बढी मतान्तरसहित जित हात पारेकी छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरेका छन्।

ललितपुर–३ मा कार्कीको यो जितलाई नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।