देशभर ७५३ पालिकामा एमालेको जनसभा

नेकपा (एमाले)ले मंगलबार देशभरका ७५३ वटै पालिकामा जनसभा र प्रदर्शन सञ्चालन गरेको छ। संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि जनपरिचालनलाई तीव्रता दिँदै पार्टीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शन गरेको हो। महासचिव शंकर पोखरेलले दिएको पाँच बुँदे निर्देशनअनुसार पालिका तहमा भेला, अन्तरक्रिया र प्रदर्शनहरू सम्पन्न भएका छन्।

यसअघि कात्तिक २२ गते वडा तहमा कार्यक्रम सम्पन्न गरेको एमालेले अब कात्तिक २९ गते जिल्ला तहमा र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन गर्ने तयारी गरेको छ। ठूलो जनसभा भने मंसिर २७ गते काठमाडौंमा ११औं महाधिवेशनको उद्घाटनसँगै गर्ने योजना एमालेले जनाएको छ।

SHARE