सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले भारतीय ब्याटर प्रियांक पाञ्चलको विस्फोटक प्रदर्शनमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाउँदै १६६ रन बनायो। ओपनर पाञ्चलले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको शानदार पारी खेले। म्याक्स ओ’डाउडले २०, मार्क वाटले १६ तथा पवन सर्राफले २७ रनको नटआउट योगदान दिए।
चितवनबाट बोपारा, जइब र तन्विरले १-१ विकेट लिए। भारतका घरेलु स्टार पाञ्चल संन्यासपछि पहिलोपटक विदेशी टी-२० लिगमा खेलेका हुन्।










