सम्राट-सुदनमाथि कारबाही माग, सरकारले उपेक्षा गरे प्रतिरोधको चेतावनी

नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सले जेनजी आन्दोलनमा संलग्न सुदन गुरुङ र सम्राट उपाध्यायमाथि सरकारले तुरुन्त कारबाही गर्न माग गरेको छ।

आइतबार जारी विज्ञप्तिमा फोर्सका संयोजक पुष्पराज श्रेष्ठले पूर्वमन्त्री किसान श्रेष्ठको घरमा पुगेको ‘अराजक समूह’ तथा भदौ २४ को आगजनी घटनाका योजनाकारलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाए।

घटनालाई संवेदनशीलतापूर्वक नलिए ‘परिस्थितिजन्य प्रतिरोध’ को जिम्मेवारी सरकारकै हुने चेतावनी पनि फोर्सले दिएको छ।

 

SHARE