काठमाडौं । दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा हाल आंशिक मौसमीय प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणालीको कोशी, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव रहेको छ।
मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले आज राति देशभर मौसम सफा रहने जानकारी दिएको छ।










