सञ्चारकर्मी नरेश भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने

काठमाडौं- सञ्चारकर्मी  नरेश भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने भएका छन् ।नयाँ सिजनलाई उनले ‘मेरो एउटा साथी छः रिलोडेड’ नाम दिएका छन् ।

‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो ।’ उनले भने, ‘यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ । धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझै बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु ।

कार्यक्रममा पहिलो अतिथिको रुपमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल हुनेछन् । सामान्यतया कार्यक्रम नदेखिने उनहरु दुईको मित्रतासँगै रमाइला कुराहरु कार्यक्रममा सुन्न पाउने भट्टराईले बताए । यो कार्यक्रम देशमा मात्र नभइ विदेशमा समेत उत्तिकै लोकप्रिय छ । कार्यक्रम माघ २३ देखि हरेक मंगलबार राती ९ बजे प्राइम टेलिभिजनमा आउने उनले जानकारी दिएका छन् ।

 

SHARE