काठमाडौं । भुजेल चलचित्रकर्मी संघको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आगामी पौष २७ गते हुने भएको छ।
कार्यक्रममा भुजेल समुदायको पहिचान, संस्कृति र चलचित्र क्षेत्रको योगदानलाई उजागर गर्ने उद्देश्यले चलचित्र ‘निको पहिचान’ समेत प्रदर्शन गरिने भुजेल चलचित्रकर्मी नेत्र भुजेलले जानकारी दिएका छन्।
चलचित्र विकास बोर्ड, चाबहिल, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुने उक्त कार्यक्रममा भुजेल समुदायका चलचित्रकर्मी, कलाकार, निर्देशक, निर्माता तथा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहने छ।
साधारण सभाले संघको वार्षिक प्रगति समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्नेछ भने दोस्रो अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी रहेको छ।
संघले सम्पूर्ण भुजेल समुदायलाई कार्यक्रममा हार्दिक उपस्थितिका लागि अनुरोध गरेको छ।










