भक्तपुर – ३१ औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखाले दुई दिने निशुल्क पत्रकारिता प्रशिक्षणको आयोजना गर्ने भएको छ। आगामी भाद्र २ र ३ गते बिहान ७ बजेबाट सुरु हुने उक्त कार्यक्रम काठमाडौंको बौद्ध पिपलबोट, नागेश्वर गल्लि स्थित सेकुवा जक्सनमा सम्पन्न हुनेछ।
संघका अनुसार, पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रशिक्षणमा समाचार लेखन, फोटोग्राफी, भिडियो ग्राफी, भिडियो सम्पादन (प्रिमियर प्रो) जस्ता व्यावहारिक सीपहरू सिकाइने छन्। साथै, उत्प्रेरक वक्ता विकाश देव योन्जनले “सकारात्मक सोच र नेतृत्व विकास” सम्बन्धी विशेष सत्र लिने छन्।
आयोजकले सिट संख्या सीमित रहेको भन्दै इच्छुक सहभागीहरूले यथाशीघ्र सम्पर्क गर्न आग्रह समेत गरेको छ। कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन तामाङ सञ्चारकर्मी, तामाङ समुदायका पत्रकारिता सिक्न इच्छुक व्यक्तिहरूलाई सहभागी गराउने संघले जनाएको छ।
त्यस्तै सिक्न इच्छुक व्यक्तिहरूलाई फारम समेत खुल्ला गरिसकेका छन्











