नेकपाका केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ ग्रहण गरेका छन्।

पार्टी एकतापश्चात् हाल कायम गरिएको २४९९ सदस्यीय केन्द्रीय कमिटीलाई अस्थायी रूपमा महाधिवेशन आयोजक कमिटी नाम दिइएको छ। तर, एकतापछि गठन हुने स्थायी केन्द्रीय समिति १९९ सदस्यीय हुने सहमति यसअघि नै भइसकेको छ।

मंगलबार आयोजित शपथ कार्यक्रममा झन्डै साढे २२ सय केन्द्रीय सदस्यहरूले मात्र शपथ लिएका छन्। पूर्वमाओवादी केन्द्रबाट थप करिब २ सय केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ।

शपथ ग्रहण कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट शपथ ग्रहण गरेका थिए। त्यसपछि संयोजक प्रचण्डले उपस्थित अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए।

 

SHARE