काठमाडौं । तामाङ मौलिक धुनमा आधारित चर्चित गीत ‘सर सर पाइला सर्दैन’ पुनः नयाँ एरेन्जसहित सार्वजनिक भएको छ। स्वर्गीय इन्दिरा गोले र तामाङको स्वर रहेको यस गीतका शब्द तथा संगीत स्वर्गीय जयनन्द लामाका हुन्।
पुनःसंगीत तथा एरेन्ज पवन वाङ लामाले गरेका छन् भने मिक्सिङ/मास्टरिङ दिपेश प्रधानले गरेका हुन्। आधुनिक वाद्यवादनको संयोजनसहित मूल धुनको मौलिकता जोगाउने प्रयास गरिएको निर्माण टिमले जनाएको छ।
भिडियो प्रतिक ङेसुरको निर्देशनमा तयार भएको हो। सागर लोप्चन र बिपाश्ना तामाङ अभिनीत भिडियोको छायांकन, सम्पादन तथा रङ संयोजन जीतुले सम्हालेका छन्। कोरियोग्राफी प्रेम लोप्चनको रहेको छ।
पोस्ट–प्रोडक्सन Brightlight Pictures ले गरेको हो।










