तामाङ चलचित्र ङिङ्जे प्रदर्शनमा आउदै

तामाङ चलचित्र ङिङ्जे प्रदर्शनमा आउने भएको छ। उक्त चलचित्र यहि असोज १ गते प्रदर्शनीमा आउने भएको हो।

तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा छायांकन भएको चलचित्रले नेपाली समाजमा घटिरहेका विषयवस्तुलाई समावेश गरि बनाइएको संदेशमुलक चलचित्र हो।

उक्त चलचित्रमा अमिर दोङ, सुष्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रञ्जिता स्याङ्तान, अनिता नेगी, मोनिका मोक्तान, भुईसाल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ लगाएतका कलाकारको अभिनय रहेका छन ।

आज सोमबार पत्रकार सम्मेलन गदै यो चलचित्र सामाजिक र पारिवारिक कथावस्तुमा आधारित चलचित्र रहेको निर्माता समूहले बताए।
चलचित्र ङिङ्जे तामाङ सुपरस्टार डम्फु मिडियाको व्यानरमा निर्माण गरिएको छ।

SHARE